काठमाडौं– संसद बैठक फागुन २४ गतेसम्मका लागि स्थगित भएको छ । नयाँ सत्ता समीकरणको चहलपहलले आजको प्रतिनिधि सभा बैठक प्रभावित भएको हो ।
संसद सचिवालयले सूचना जारी गरी विशेष कारणबस फागुन २४ गते बिहीबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको उल्लेख छ ।
प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बोलाइएको थियो । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले सरकारमा रहेका सबै मन्त्री हटाएर एमालेसहितको सानो आकारको नयाँ मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारीमा लागिएकाले संसद बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप