त्रिशुली बस दुर्घटना अपडेट: ४ जनाको मृत्यु, ३३ जनाको जीवित उद्धार

  • २०८० फागुन २३, बुधबार (६ महिना अघि)
  • २४४ पटक पढिएको
त्रिशुली बस दुर्घटना अपडेट: ४ जनाको मृत्यु, ३३ जनाको जीवित उद्धार

काठमाडौं– कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको यात्रुबहाक बस त्रिशुली नदीमा खसेको छ ।

Advertisement

आज बिहान ५ बजेको समयमा लु २ ख २१२१ नम्बरको यात्रुबहाक बस धादिङको गजुरी गाउँपालिका– ५ घाटबेशीबाट नदीमा खस्दा चार जनाको मृत्यु भएको छ भने ३३ जनाको जीवित उद्धार गरिएको छ ।

बसको गति अनियन्त्रित भएर नदीमा खसेको हुन सक्ने प्रहरीले जनाएको छ । १३ जनालाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेश आमदघाटबाट डिएसपीको कमाण्डमा खटिएको टोलिले जीवितै उद्धार गरेको छ । जीवित उद्धार गरिएकामध्ये १८ जनालाई गजुरी अस्पताल पठाएको प्रहरीले जनाएको छ ।

उक्त स्थानमा विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमाण्डमा ६ जना गोताखोरसहित २० जनाको टोली खटिएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट