अपडेट: त्रिशुलीमा बस खस्दा मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो, ४० जनाको जीवितै उद्धार

  • २०८० फागुन २३, बुधबार (६ महिना अघि)
  • २८४ पटक पढिएको
अपडेट: त्रिशुलीमा बस खस्दा मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो, ४० जनाको जीवितै उद्धार

काठमाडौं– कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको यात्रुबहाक बस त्रिशुली नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ भने ४० जनाको उद्धार गरिएको छ ।

Advertisement

आज बिहान ५ बजेको समयमा लु २ ख २१२१ नम्बरको यात्रुबहाक बस धादिङको गजुरी गाउँपालिका– ५ घाटबेशीबाट नदीमा खस्दा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

उक्त स्थानमा अहिले विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमाण्डमा ६ जना गोताखोरसहित २० जनाको टोली खटिएको छ ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    खोजी गर्नुहोस

    ताजा अपडेट