माधव नेपाललाई भेटेर देउवाले राखे सहकार्यको प्रस्ताव

  • २०८० फागुन २३, बुधबार (६ महिना अघि)
  • १७५ पटक पढिएको
माधव नेपाललाई भेटेर देउवाले राखे सहकार्यको प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेटेर सहकार्यको प्रस्ताव राखेका छन् ।

Advertisement

आज बिहान नेपालको निवास कोटेश्वर पुगेर सभापति देउवाले आगामी दिनमा पनि सहकार्यको प्रस्ताव गरेका हुन् ।

देउवा र नेपालको भेटवार्तामा सहभागी कांग्रेस प्रमुख सचेतक रमेश लेखकले पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमका बारेमा केन्द्रित रहेर कुराकानी भएको बताए ।

नेपालसँग छलफल सकारात्मक रहेको भन्दै संवादलाई निरन्तरता दिने उनको भनाइ छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट