त्रिशुलीमा बस खस्दा ज्यान गुमाउनेको सङ्ख्या ७ पुग्यो, ४१ जनाको उद्धार

  • २०८० फागुन २३, बुधबार (६ महिना अघि)
  • १९८ पटक पढिएको
त्रिशुलीमा बस खस्दा ज्यान गुमाउनेको सङ्ख्या ७ पुग्यो, ४१ जनाको उद्धार

काठमाडौं– धादिङको घाटबेंसीबाट त्रिशुली नदीमा बस खस्दा ज्यान गुमाउनेको सङ्ख्या ७ पुगेको छ । ४१ जना यात्रुको उद्धार गरिएको छ । उनीहरुमध्ये १४ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

Advertisement

अन्यको गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी अस्पतालमा उपचार भैरहेको छ । कपिलवस्तुबाट काठमाडौंका लागि छुटेको लु२ख २१२१ नम्बरको बस बिहान ४ बजेर ४० मिनेटमा धादिङको गजुरी गाउँपालिका–५ घाटबेंसीमा दुर्घटना भएको हो ।

बसमा ५१ जना यात्रु र चालक रहेको प्रारम्भिक विवरण छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी सन्तुलालप्रसाद जैसवारका अनुसार एक महिला र ६ जना पुरुषसहित ७ जनाको शव फेला परेको छ ।

ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन । त्रिशुली नदीमा बस छत मात्रै देखिएको अवस्थामा डुबेको छ । बसचालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले पक्राउ गरेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट