धादिङका कर्मचारीले तनाव व्यवस्थापन तालिम लिए

  • २०८० फागुन २४, बिहिबार (६ महिना अघि)
  • ३१५ पटक पढिएको
धादिङका कर्मचारीले तनाव व्यवस्थापन तालिम लिए

काठमाडौं– धादिङमा राष्ट्रसेवक कर्मचारीहरुलाई आयोजना गरिएको तनाव व्यवस्थापन तालिम उत्साह र अर्थपूर्ण रहेको सहभागीहरुले बताएका छन् । सरकारी कार्यालयमा सेवा चुस्त बनाउन र कर्मचारीको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी धादिङमा राष्ट्रसेवक कर्मचारीहरुलाई चार दिने तनाव व्यवस्थापन तालिमको आयोजना गरिएको थियो । सोमबारबाट सुरु भएको तालिम विहिबार एक कार्यक्रमकाविच समापन गरिएको हो ।

Advertisement

तालिमले कर्मचारीको स्वास्थ्य अवस्थामा सकरात्मक प्रभाव पारेको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले बताए । ‘कामको शिलशिलामा कर्मचारीलाई थुप्रै खालका तनावहरु आइपर्छन् । तनाव व्यवस्थान गर्न सकियो भने कार्य सम्पादनमा पनि सहज हुन्छ । तनाव व्यवस्थापन व्यक्तिगत जीवन र कार्यालयमा दिने सेवासँग पनि जोडिएकोले यो तालिम निकै नै प्रभावकारी बन्यो ।’ उनले भने ।

‘मानसिक रुपमा हामी स्वस्थ रहन सक्यौं भने अन्य विभिन्न रोगहरुलाई पनि हामी जित्न सक्छौं । चार दिनको बसाई निकै उत्साह र अर्थपूर्ण रह्यो’ उनले भने– ‘चार दिनमा सिकेका कुरा जीवन उपयोगी छन् । तालिममा सिकेका कुरा घरमा अभ्यास गर्न सकियो भने निकै राम्रो हुन्छ । यस्ता कार्यक्रम बेला बखत आयोजना भइ रहनुरहे रिफ्रेस पनि हुन्छ ।’

सरकारी कर्मचारीलाई हुने तनाव व्यवस्थापन गर्न तालिमले ठूलो सहयोग पुगेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले बताए । ‘कामको शिलशिलामा थुप्रै खालका तनाव हुन्छन् । बुधबार भएको त्रिशुलीमा बस खसेको दुर्घटना एउटा उदाहरणको रुपमा लिन सकिन्छ’ उनले भने– ‘हामीले तनाव व्यवस्थापन गर्दै काम गर्नु पर्ने हुन्छ । यस तालिमले थुप्रै खालका आइडियाहरु सिकाएको छ । व्यवहारमा उतारेर आफुलाई स्वस्थ राख्नेछौं’ उनले भने ।

तनाव व्यवस्थापनले कार्यालयको सेवा प्रवाहमा सहयोग पुर्याउने उद्देश्यले योग, ध्यान र प्रवचनसहितको चार दिने प्रशिक्षण कार्यक्रम सुरु गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङका कार्यालय प्रमुख डाक्टर अमुल्य दाहालले बताए ।

 

आयुर्वेद पद्धतिबाट तनाव व्यवस्थापन गर्ने तौर तरिकाहरुको बारेमा सिकाइएको उनले बताए । ‘कार्यक्षेत्रमा आउने तनाव र त्यसले पार्न सक्ने विभिन्न शारिरिक तथा मानसिक असरलाई कम गर्न यो तालिमले सहयोग पुग्नेछ । कर्मचारीको स्वास्थ्य अवस्थामा सुधारसँगै कार्यालयले दिने सेवा प्रवाहमा पनि थप प्रभावकारी बन्ने अपेक्षा रहेको छ’ उनले भने ।

 

मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने मूल मर्मका साथ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङले तालिमको आयोजना गरेको हो । सोमबारबाट सुरु गरिएको तालिम विहिबार एक कार्यक्रमकाविच समापन गरिएको हो । तालिममा धादिङमा रहेका सरकारी कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो । चारदिनसम्म सञ्चालन रहेको तनाव व्यवस्थापन तालिममा डाक्टर अमुल्य दाहाल र आनन्द गैह्रेले तनाव व्यवस्थापन सम्बन्धि प्रशिक्षण गरेका थिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट