रूसी सेनामा भर्ना भएका एक भारतीयको मृत्यु

  • २०८० फागुन २५, शुक्रबार (८ महिना अघि)
  • १७६ पटक पढिएको
रूसी सेनामा भर्ना भएका एक भारतीयको मृत्यु

एजेन्सी– रुसी सेनामा भर्ती भएका एक भारतीय नागरिकको मृत्यु भएको छ । मृतक हैदरावादका बासिन्दा थिए । उनको पहिचान मोहम्मद अफसानको रुपमा भएको छ । अफसान मात्र ३० वर्षको थियो ।

Advertisement

भारतीय सञ्चारमाध्यमका अनुसार अफसानलाई रुसले गत वर्ष डिसेम्बरमा सहायक भूमिकाका लागि बोलाएको थियो । तर, त्यहाँ पुगेपछि उनलाई बलपूर्वक रुसी सेनामा भर्ती गरियो । त्यसयता उनी युक्रेनविरुद्ध चलिरहेको युद्धमा लडिरहेका थिए ।

भर्खरै हैदरावादका सांसद असदुद्दीन ओवैसीले जबरजस्ती रुसी सेनामा भर्ती भएका भारतीय युवालाई बचाउन अपील गरेका थिए । त्यसपछि उनको मृत्यु मस्कोस्थित भारतीय दूतावासले पुष्टि गरेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट