राष्ट्रिय सभा अध्यक्षको निर्वाचन सार्ने कांग्रेसको प्रस्ताव अस्वीकृत

  • २०८० फागुन २७, आईतबार (६ महिना अघि)
  • १५३ पटक पढिएको
राष्ट्रिय सभा अध्यक्षको निर्वाचन सार्ने कांग्रेसको प्रस्ताव अस्वीकृत

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षको चुनावको मिति सार्न गरेको प्रस्ताव अस्वीकृत भएको छ ।

Advertisement

आज राष्ट्रिय सभाको बैठक बस्नु पूर्व भएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले चुनाव सार्न गरेको प्रस्ताव अस्वीकृत भएको हो ।

यसअघि राष्ट्रिय सभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले स्वीकृत गरेको कार्यतालिकामा फागुन २७ गते राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनको दिन र समय निर्धारण गर्ने र २९ गते निर्वाचन गर्ने उल्लेख छ । यही अनुसार जाने निर्णय भएको जनाइएको छ ।

अध्यक्षको निर्वाचन मिति घोषणा गर्न राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजेर ९ मिनेटमा बस्दै छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट