राप्रपा नेता ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयमै हातपात

  • २०८० फागुन २७, आईतबार (६ महिना अघि)
  • २१७ पटक पढिएको
राप्रपा नेता ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयमै हातपात

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी कार्यालयमै पूर्वएआईजी तथा राप्रपाका नेता ठाकुर मोहन श्रेष्ठ कुटिएका छन् । राप्रपाका नेता विक्रम पाण्डेका कार्यकर्ताले श्रेष्ठलाई कुटपिट गरेका हुन् ।

Advertisement

आइतबार बिहान कार्यसम्पादन समितिको बैठक चलिरहेको बेला राप्रपाका नेता विक्रम पाण्डेलाई श्रेष्ठले भ्रष्टाचारी भनेपछि विवाद उत्पन्न भएको थियो । पार्टी कार्यालय, धुम्बाराहीस्थित केन्द्रीय कार्यलयमा अध्यक्ष राजेन्द्र लिंदेनको कार्यकक्षबाट निस्कने क्रममा श्रेष्ठमाथि पाण्डेका समर्थकहरूले कुटपिट गरेका हुन् ।

पाण्डेले बाहिर निस्किएर आफ्ना समर्थकहरूलाई बैठकमा भएको घटनाबारे बताएका थिए । केही समयपछि श्रेष्ठ बाहिर निस्किए । श्रेष्ठ बाहिर निस्किएको समय पारेर पाण्डेका कार्यकर्ताले श्रेष्ठलाई लखेटीलखेटी कुटपिट गरेका हुन् ।

कार्यसम्पादन समितिको बैठकमा श्रेष्ठले राखेको धारणाका कारण आक्रमण भएको नेताहरूले जनाएका छन् । उनले पाण्डेलाई लक्षित गरी धारणा राखेका थिए ।

कुटपिट भइरहेका बेला राप्रपाका नेता बुद्धिमान तामाङ, सांसद दिपकबहादुर सिंह लगायतले छुट्याएका थिए ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट