इलाम–२ मा हुने उपनिर्वाचनमा उम्मेदवार बन्न सुहाङले दिए निवेदन

  • २०८० फागुन २७, आईतबार (८ महिना अघि)
  • २१८ पटक पढिएको
इलाम–२ मा हुने उपनिर्वाचनमा उम्मेदवार बन्न सुहाङले दिए निवेदन

काठमाडौं– आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्न सुहाङ नेम्वाङले निवेदन दिएका छन् ।

Advertisement

सुहाङ दिवंगत नेता सुवासचन्द्रका कान्छा छोरा हुन् । इलाम–२ मा हुन लागेको उपनिर्वाचनमा सुहाङले पनि उम्मेदवार बन्न पार्टीमा निवेदन दिएका हुन् । सुहाङसहित रविन्द्र सुवेदी, बुद्धि खनाल, देवी क्षेत्री दुलालले निवेदन पेस गरिसकेका छन् ।

एमाले जिल्ला कमिटीले उम्मेदवार चयनका लागि आवश्यक अध्ययन गर्न उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

कार्यदलले चैत ३ सम्ममा उम्मेदवारको सूची जिल्ला कमिटीमा पेश गर्ने तयारी छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट