सरकार र मिटरब्याजपीडितबीच आज पनि वार्ता हुँदै

  • २०८० फागुन २८, सोमबार (८ महिना अघि)
  • १९० पटक पढिएको
सरकार र मिटरब्याजपीडितबीच आज पनि वार्ता हुँदै

काठमाडौं– मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति र सरकारबीचको वार्ता आज बिहान ११ बजे फेरि हुने भएको छ ।

Advertisement

हिजो सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहितको सरकारी वार्ता टोली र संघर्ष समितिबीचको वार्ता विनानिष्कर्ष टुङ्गिएको थियो । हिजोको वार्तामा सरकार आफूहरुका मागहरुप्रति सकारात्मक रहेको सङ्घर्ष समितिका अध्यक्ष अवधेश कुसवाहले बताए ।

मिटरब्याजपीडितहरु अधिकारसम्पन्न आयोग गठन, फर्जी लिखत, तमसुक, दृष्टिबन्धक लगायतलाई अवैध घोषणा गर्नुपर्ने, साहूले जफत गरेका सम्पूर्ण सम्पत्ति फिर्ता गर्नुपर्ने लगायतका माग राख्दै २३ दिन हिँडेर काठमाडौं आइपुगेका हुन् । उनीहरु ४२ दिनदेखि निरन्तर सडक आन्दोलनमा छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट