काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्ने छ ।
प्रतिनिधि सभाको इलाम क्षेत्र नम्बर २ र प्रदेशसभाको बझाङ क्षेत्र नम्बर १ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको तयारीको विषयमा बैठकमा छलफल हुने रास्वपाका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
चार वटा मन्त्रालयसहित सरकारमा सहभागी भएको रास्वपामा उपनिर्वाचनमा आफ्नो पार्टीबाट उम्मेदवार उठाउने कि नउठाउने भन्नेमा छलफल चल्दै आएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप