काठमाडौं– सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम–२ को उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ ।
पार्टी कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले आगामी वैशाख १५ मा हुने इलाम–२ को उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको हो ।
सोही समयमा बझाङको प्रदेशसभा (१) मा हुने उपनिर्वाचनमा भने रास्वपाले भाग नलिने निर्णय गरेको छ । बैठकले उम्मेदवारबारे भने टुंगो लगाएको छैन ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप