काठमाडौं– महोत्तरीबाट नेपाल प्रहरीका दुई कर्मचारी २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
महोत्तरीको गौशाला नगरपालिका–१२ स्थित कान्तिबजार प्रहरी चौकीका ईन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) शर्मा प्रसाद यादव र प्रहरी वरिष्ठ हवल्दार मञ्जितकुमार झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले घुस रकमसहित पक्राउ गरेको हो ।
जग्गा सम्बन्धी विवादमा अदालतको आदेश कार्यान्वयन गराउन स्थानीय एक सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिँदै गर्दा दुबैजनालाई पक्राउ गरेको अख्तियारले जनाएको छ ।
सेवाग्राहीले अख्तियारमा दिएको पूर्वउजुरीको आधारमा पछयाएर २० हजार रुपैयाँ नगदसहित रंगेहात पक्राउ गरेर दुबैजनामाथि थप अनुसन्धान गरिरहेको जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप