काठमाडौं– राष्ट्रिय सभा सदस्य युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको छ ।
आज भएको मतदानमा शर्माको विपक्षमा बहुमत सदस्यले मत जाहेर गरेपछि शर्माको नाम अस्वीकृत भएको हो । शर्मा नेपाली कांग्रेस र लोसपाका तर्फबाट उम्मेदवार थिए ।
शर्माको पक्षमा १७ मत र विपक्षमा ३९ मत परेको छ । मतदानमा जम्मा ५६ जना सांसद उपस्थित थिए ।