काठमाडौं– सुनको सिक्री दाइजो नदिएको निहुँमा विवाह रद्द गरेपछि वीरगन्जबाट प्रहरीले बेहुला सहित ६ जनालाई पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–२४ स्थित रानिघाटबाट दुलाहा सहित ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी कुमार विक्रम थापाले बताए ।
सिक्री नपाएको निहुँमा बाराको कलैया उपमहानगरपालिका–४ सिनेमा चौक बस्ने उमेश शाहले मण्डपबाट नै विवाह रद्द गर्ने घोषणा गरेका हुन् ।
उनले पर्साको वीरगन्ज महानगरपालिका–२४ रानीघाटका सुखल शाहकी २४ वर्षीया छोरी रमिता कुमारीसँग विवाह गर्दै थिए । बेहुला वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर हुन् । पीडित परिवारले बेहुला पक्ष विरुद्ध प्रहरीमा जाहेरी दिँदै छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप