पीएनजीविरुद्धको फाइनल खेलमा नेपालको राम्रो सुरुवात

  • २०८० फागुन ३०, बुधबार (८ महिना अघि)
  • २३१ पटक पढिएको
पीएनजीविरुद्धको फाइनल खेलमा नेपालको राम्रो सुरुवात

काठमाडौं– हङकङमा चलिरहेको त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनीविरुद्ध नेपालले राम्रो सुरुवात गरेको छ ।

Advertisement

टस जितेर पहिलो फिल्डिङ गर्ने निर्णय गरेको नेपालले पीएनजीको ३ विकेट लिएको छ । पीएनजीको स्कोर २० हुँदा ३.१ ओभरमा आकाश चन्दले नेपालका लागि तेस्रो र व्यक्तिगत दोस्रो विकेट लिएका हुन् ।

त्यसक्रममा उनले लेगा सिकालाई व्यक्तिगत २ रनमा करण केसीको हातबाट क्याच गराए । यसअघि चन्दले नै पीएनजीका कप्तान असद भालालाई व्यक्तिगत २ रनमा विकेट किपर विनोद भण्डारीको हातबाट क्याच गरेका थिए ।

खेलमा पहिलो विकेट भने करण केसीले लिए । उनले खेलको दोस्रो बलमै ओपनर सेसे बाउलाई आकाश चन्दको हातबाट क्याच गराएका थिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट