प्रधानमन्त्रीलाई विश्वासको मत दिन सकिन्नः लिङ्देन

  • २०८० फागुन ३०, बुधबार (८ महिना अघि)
  • २११ पटक पढिएको
प्रधानमन्त्रीलाई विश्वासको मत दिन सकिन्नः लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आफ्नो पार्टीले वर्तमान सरकारलाई विश्वासको मत नदिने बताएका छन् ।

Advertisement

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको दलीय आधारमा जारी छलफलमा उनले सरकार बनाउने र ढाल्ने काममा मात्र केन्द्रित भएको भन्दै सरकारलाई विश्वासको मत नदिने बताएका छन् ।

“यसअघि छोटो समय सरकारको सहकार्यमा गएका थियौँ तर हामी बाहिरियौँ”, अध्यक्ष लिङ्देनले भने, “हामीलाई सरकार चलाउने अवसर पनि मिलेको छैन ।”

उनले वर्तमान सरकारलाई राम्रो काम गर्न शुभकामना पनि दिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट