लघुवित्त पीडित र सरकारबीच ६ बुँदे सहमति

  • २०८० चैत्र २, शुक्रबार (८ महिना अघि)
  • २०० पटक पढिएको
लघुवित्त पीडित र सरकारबीच ६ बुँदे सहमति

काठमाडौं– सरकार र लघुवित्त पीडितबीच ६ बुँदे सहमति भएको छ ।

Advertisement

आज सरकारी वार्ता टोलीका संयोजक नारायणप्रसाद रिसाल र आन्दोलनरत पक्षको तर्फबाट केन्द्रीय अध्यक्ष पुनाराम (मनिराम) ज्ञवालीबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

केही दिनदेखि लघुवित्त पीडित काठमाडौंमा आन्दोलन गरिरहेको सन्दर्भमा अर्थमन्त्रालयले रिसाल नेतृत्वमा वार्ता समिति गठन गरी पीडितका प्रतिनिधिलाई वार्तामा बोलाएको थियो ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम लघुवित्त वित्तीय संस्थाले ऋणीसँग लिन पाउने तोकिएको अधिकतम व्याजदर र सेवा शुल्क मात्र लिन पाउने व्यवस्था कडाईका साथ लागू गर्ने, तोकिएको कर्जा सीमाभन्दा बढी सामूहिक कर्जा दिन नपाउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन र यसको उल्लंघन गर्ने वा गरेका संस्थाहरुलाई कानून बमोजिम हदैसम्मको कारवाही गर्ने, एक जना ऋणीले एकभन्दा बढी लघुवित्त वित्तीय संस्थाहरुबाट ऋण लिन र दिन नपाउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्ने लगायत सहमति पत्रमा उल्लेख छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट