उपभोक्ताको अधिकार सुनिश्चित गर्न सरोकारवाला निकाय र उपभोक्ताहरुविच छलफल

  • २०८० चैत्र २, शुक्रबार (८ महिना अघि)
  • २६६ पटक पढिएको
उपभोक्ताको अधिकार सुनिश्चित गर्न सरोकारवाला निकाय र उपभोक्ताहरुविच छलफल

काठमाडौं– उपभोक्ताका अधिकारका विषयमा सरोकारवाला निकाय र उपभोक्ताहरुविच छलफल गरिएको छ । उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गरि आयोजना गरिएको छलफल कार्यक्रममा सहभागीहरुले बजारमा विक्रीका लागि राखिएका खाद्य वस्तु स्वास्थ्यको दृष्टिकोणले योग्य नभएको गुनासो राखेका छन् ।

Advertisement

विश्व उपभोक्ता अधिकार दिवस २०८० को अवसरमा स्वच्छ र प्रतिस्पर्धी बजार, उपभोक्ताको सार्वभौम अधिकार भन्ने मुल मर्मका साथ उद्योग तथा वाणिज्य कार्यालय धादिङले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले खाद्य वस्तुको अवस्था र बजार अनुगमनका विषयमा गुनासो राखेका हुन् ।

छलफलमा सहभागीहरुले उपभोक्ता ठगिनबाट बचाउन उपभोक्ता आफैलाई सचेत बनाउन आवश्यक रहेको धारणा राखेका थिए । विक्रिका लागि राखिएका वस्तु खान योग्य छ छैन भनेर हेर्नु पर्छ । उपभोक्ताले म्याद गुज्रेको खानेकुरा पनि खाइरहेका छ्न् । व्यवसायी लुकाउन चाहन्छ्न्, उपभोक्ता खाद्य होकि अखाद्य नहेरी खान्छ्न् । हामी आफै जिम्मेवार नहुन्जेल समस्या रहिरहने बताएका छन् ।

व्यवसायी पनि उपभोक्ता हो, एउटा क्षेत्रको व्यवसायी भए पनि अर्काे वस्तु किनेर प्रयोग गर्नुपर्ने हुन्छ । तर आफै व्यवसायी भएर पनि उपभोक्ताको स्वास्थ्यमाथी खेलवाड भइरहेको छ । त्यसैले, बजार अनुगमन थप तिव्र बनाउनुपर्ने उनीहरुले माग राखेका छन् । व्यवसायी र उपभोक्तासम्म पुग्ने गरि यस्ता कार्यक्रम गर्नुपर्छ । नीति नियम र कानुनमा रहेर व्यवसायीलाई आफ्नो जिम्मेवारी बोध गराउनु पर्ने, बजारमा आएका वस्तुको स्वास्थ्यको दृष्टिकोणले कस्तो छ मापन गरिनु गर्ने, अनुगमनका क्रममा पनि कतिपय समस्याहरु समाधान भएका छन्, तर अझै पनि धेरै कुराहरु सुधार गर्नुपर्ने खाद्य अधिकारकर्मीहरुले माग राखेका छन् ।

विषादिविना तरकारी तथा फलफुल उत्पादन हुदैन । किसानलाई पनि सचेत बनाउन पर्यो, यस्ता क्षेत्रमा विकल्प खोजिनुपर्छ । हरेक क्षेत्रमा सबै जिम्मेवार बन्न सके मात्रै उपभोक्ताले स्वच्छ खाने कुरा खान पाइने कुरालाई सहभागीहरुले जोड दिएका छन् ।

उपभोक्ताका अधिकार मनाइरहदा उपभोक्ता सङ्गै व्यवसायीहरु पनि सङ्गै रहेर छलफल गरिए थप प्रभावकारी बन्ने नेपाल पत्रकार महासंघ धादिङका सभापति राजाराम शर्माले बताए । ‘व्यवसायीले उत्पादन गरेको वस्तु उपयोग गर्ने नै उपभोक्ता हो । तर उपभोक्ताकै स्वास्थ्यलाई मध्यनजर गर्न सकिएन भने व्यवसायीको व्यवसाय मौलाउन सक्दैन । उपभोक्ताले स्वच्छ वस्तुको प्रयोग गर्न पाउनु अधिकार हो । यसमा सबै जिम्मेवार हुनु पर्छ’ उनले भने– ‘कार्वाहिमा परेका व्यवसायीहरु अझै सुधारमा आएका छैनन् । नीति नियम ऐनमा भएका कुराहरु अझै पर्याप्त भएनन् कि । एउटा वस्तुको विक्री गर्ने व्यवसायी अर्को वस्तुको क्रेता हुन् । त्यसैले आफ्नो जस्तै अन्य उपभोक्ताको स्वस्थ्यको पनि ख्याल गर्न सके प्रभावकारी बन्न सक्छ ।’

उपभोक्तो स्वास्थ्यलाई मध्यनजर गरी बजार अनुगमन तिव्र बनाइएको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए । ‘हामी सबै उपभोक्ता हौं । सन्तोषजनक बनाउने दायित्व हाम्रो हो । प्रयास पनि भएका छ्न् । कानुनहरु पनि बनेका छ्न् । त्यसलाई कार्यान्वयन गर्न सकियो भने पनि थप प्रभावकारी बन्ने देखिन्छ । हामीले कार्वाही तथा जरिवाना पनि गरेका छौ । अनुगमनलाई प्राथमिकता दिएर काम गरिरहेका छौं । तर हामी सबै जिम्मेवार बन्नु पर्छ,’ उनले भने ।

आवश्यक उपकरण, जनशक्ति लगायत पर्याप्तता नहुदा पनि बजार अनुगमन प्रभावकारी बनाउन नसकिएको उनले बताए । उनले भने– ‘राजमार्ग आसपासमा सन्चालित होटलहरुसङ्ग जोडिएर गुनासो आउने गरेका छ्न् । उपभोक्ता पनि आफै सचेत हुनुपर्छ । जस्तो तोकिएको मूल्य हेर्ने, विल माग्ने र अखाद्य वस्तु प्रयोग नगर्ने हो भने यस्ता समस्या समाधान हुदै जान्छन् । व्यवसायीहरुलाई सचेत गराउने र खवरदारी गर्न सके थप प्रभावकारी बन्न सक्छ । सबै निकायसङ्ग समन्वय गरि थप प्रभावकारी बनाउन जिल्ला प्रशासन लाग्नेछ ।’
उपभोक्ताको अधिकार सुनिश्चित गर्न व्यवसायी जिम्मेवार बनाउन र उपभोक्तालाई सचेतना सम्बन्धि विभिन्न कार्यक्रम गर्दै आएको उद्योग तथा वाणिज्य कार्यालय धादिङका प्रमुख मेघ गौतमले बताए ।

‘नियमित अनुगमन भइरहेका छ्न् । दिनमा मात्र होइन रातमा समेत अनुगमन गरिएका छन् । दुई ठुला राजमार्ग भएकाले राजमार्ग आसपासमा थुप्रै होटलहरु संचालनमा रहेकोले पनि गुनासो बढी आउने गरेका छन् । कार्वाही तथा जरिवाना पनि गरिएका छन् । उपभोक्ता र व्यवसायी आफै सचेत नहुन्जेल समाधान गर्न चाँहि समस्या छ्न् ,’ उनले भने ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट