प्रधानमन्त्रीले प्रतिनिधिसभाको आजको बैठकमा सांसदका प्रश्नको जवाफ दिने

  • २०८० चैत्र ६, मंगलबार (८ महिना अघि)
  • १८४ पटक पढिएको
प्रधानमन्त्रीले प्रतिनिधिसभाको आजको बैठकमा सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं– प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।

Advertisement

संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।

यसैगरी, अर्थमन्त्री बर्षमान पुनले ‘भन्सार बिधेयक २०८० माथी बिचार गरियोस’ प्रस्तुत गर्नेछन् ।

साथै, आ.ब. २०८१÷८२ को लागि बिनयोजन बिधेयकका सिद्दान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक) माथी छलफल जारी रहने संसदका महासचिव पदमप्रसाद पाण्डेयले सार्बजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट