काठमाडौं– सेयर बजार आज पनि घटेको छ । हिजो छ अङ्कभन्दा धेरैले घटेको सेयर बजार परिसूचक नेप्से आज तीन दशमलव ३४ अङ्कले घटेर दुई हजार ६३ दशमलव ९५ विन्दुमा झरेको छ ।
आज माइक्रोफाइनान्स र म्युचल फन्डबाहेक सबै समूहको सेयर घटेकोमा उत्पादन तथा प्रशोधन, बीमा समूह, होटल तथा पर्यटन समूहको सेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज बोटलर्स नेपाल (बालाजु) कम्पनीको सेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन गुर्खाज फाइनान्स, बुद्धभूमि नेपाल हाइड्रोपावर र सर्वाेत्तम सिमेन्ट कम्पनीको सेयर १० प्रतिशतले बढेको छ ।
बजार घटेका दिन ९४ लाख ४५ हजार कित्ता सेयर तीन अर्ब ४९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको १९ करोड ५२ लाख रुपैयाँको सेयर किनबेच भएका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप