महरासँगको बयान सकियो, पुनः अस्पताल भर्ना

  • २०८० चैत्र ८, बिहिबार (८ महिना अघि)
  • २४९ पटक पढिएको
महरासँगको बयान सकियो, पुनः अस्पताल भर्ना

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरासँग बयान लिने काम आज सकिएको छ । सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणमा राखेर महरासँग बयान लिएको हो ।

Advertisement

गत साउन २ गते ‘ब्रेक सु’ मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोटमा ल्याइएको नौ किलो सुन तस्करीमा सङ्लग्न चिनियाँ नागरिकसँग महराको नाम जोडिएपछि प्रहरीले महरालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो ।

अघिल्लो पटक सिआइबीले महरालाई बयान कागज गराएर छाडेको थियो । सोही प्रकरणमा महराका छोरा राहुल हाल पुर्पक्षका लागि थुनामा छन् । यसैबीच बाँसबारीको जग्गा हिनामिना प्रकरणमा आजै सिआइबीले जिल्ला सरकारी वकिलको रोहबरमा बयान लिइएको छ । बयान दिएपछि उनले सञ्चारकर्मीसँग कुरा गर्दै यो प्रक्रिया स्टन्टमात्रै भएको जिकिर गरेका छन् ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, सहन्यायाधिवक्ता सन्देश श्रेष्ठका अनुसार बुधबारदेखि सुरु भएको बयान लिने कार्य आज सकिएकोे छ । बयान सकिएसँगै उनलाई पुनःनर्भिक अस्पतालमै भर्ना गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले जानकारी दिएको छ । कमजोर स्वास्थ्य अवस्थाका कारण अदालतले नै अस्पतालमा राख्न भनेको हो ।

सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार यही चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ परेका महरामाथि चार दिनको म्याद लिएर सिआइबीले अनुसन्धान गरिरहेको हो । आज थपिएको म्याद सकिने अन्तिम दिन हो । भोलि थप आवश्यक प्रक्रिया अघि बढाइने उनले बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट