एजेन्सी– गाजा पट्टीमा जारी इजरायली आक्रमणका कारण दैनिक औसत कम्तीमा ३७ आमाको ज्यान गइरहेको प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले जनाएको छ ।
विश्व समुदायले हिजो मातृ दिवस मनाइरहँदा प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले यो तथ्याङ्क सार्वजनिक गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
द कमिसन अफ डिटेनिज एन्ड एक्स–डिटेनिज अफेयर्स र प्यालेस्टिनियन प्रिजनर्स क्लब एसोसिएशनले संयुक्त विज्ञप्ति निकालेर गाजामा जारी इजरायली आक्रमणले प्यालेस्टिनी आमा र बालबालिकाको ठूलो सङ्ख्यामा ज्यान गएको जनाएका खबरमा उल्लेख छ ।
गएको अक्टोबरमा प्यालेस्टिनी विद्रोही समूह हमासविरुद्ध चौतर्फी सङ्घर्ष सुरु भएदेखि इजरायली सेनाले गाजा क्षेत्रमा ठूलो सङ्ख्यामा महिलालाई पक्राउ गरेका थिए । सन् २०२३ को अक्टोबरपछि आमासहित प्यालेस्टिनी महिला कैदीविरुद्ध इजरायली अपराध र उल्लङ्घनका घटना नाटकीयरूपमा बढेको विज्ञप्तिमा उल्लेख छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप