काठमाडौं– मकवानपुरको थाहा नगरपालिका र हेटौंडा उपमहानगरपालिका क्षेत्रमा भाइरल ज्वरोको प्रकोप बढेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार थाहा नगरपालिकाअन्तर्गतका स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक ६० देखि ७५ जनासम्म भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् ।
कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले उपचारका लागि आउने ज्वरोका बिरामीमध्ये दैनिक १२ देखि १७ जनासम्म स्वास्थ्य संस्थामै भर्ना गरी उपचार गरिरहेका जानकारी दिए । ज्वरोका केही बिरामीलाई थप उपचारका लागि हेटौंडा अस्पताल र चितवनका अस्पतालमा पठाउने गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप