काठमाडौं- धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६ आगिञ्चोकमा नृसिह कथा वाचन हवन तथा होली उत्सव शुरु भएको छ । फागुपूर्णीको विशेष दिन पारेर गुरु श्रीवास कृष्ण प्रसाद ब्रह्माचारी ज्यु बाट कथा वाचन भइ रहेको छ ।
ऐतिहासिक तथा धार्मिक पर्यटकिय क्षेत्र स्फटिक खम्बा संरक्षण समिति त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ ले कार्यक्रमको आयोजना गरिएको मदन श्रेष्ठले जानकारी दिए ।
यहि ९ गते पुर्वाङ्ग तथा हवन, १० गते नृसिह कथा वाचन तथा हवन लाख बत्ती बाल्ने र ११ गते पुर्णहती टीका प्रसाद होलि उत्सब मनाइ समापन गरिने उनले बताए ।
त्यसैगरी, त्रिपुरासुन्दरी गाउँपालिकामा रहेको अन्न पुर्णकोट माइको मन्दिर आटि गाउँमा पनि २ दिने अन्न दान तथा श्रीमद देवी भागवत महापुराण खैजडि भजन होली उत्सब शुरु भएको छ । पण्डित बालकृष्ण रिमाल कौशिकले वाचन गरेका छन् । ११ गते माइको नियमित पुजा प्रसाद ग्रहण गरि होलि उत्सव मनाइएको आयोजक अन्नपुर्ण मन्दिर संरक्षण समिति त्रिपुरासुन्दरी ४ धादिङ्गले बताएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप