काठमाडौं– अति प्रशोधित खानेकुराका कारण ह्दयघात, मोटोपना, मधुमेह, निद्रामा समस्या, डिप्रेसन, क्यान्सर लगायतका स्वास्थ्य समस्या आउने एक अध्ययनले देखाएको छ ।
विश्वका ९९ लाखभन्दा धेरै मानिसबाट सूचना सङ्कलन गरेर ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनले अतिप्रशोधित खानेकुराको असर स्वास्थ्यसँग देखाएको हो ।
यस्ता खानेकुराले मुख्यगरी मुटुमा समस्या ल्याउनका साथै मोटोपना बढाउँदा अरु समस्या थपिने गरेको पाइएको छ । प्याकिङ गरिएका कुनै पनि खानेकुरामा पाँचभन्दा बढी सामग्री मिसाएको छ भने त्यसलाई अति प्रशोधित खाना भनिन्छ । अति प्रशोधित खानेकुरामा प्रायः धेरै नुन, धेरै चिनी र स्याचुरेटेड फ्याट हुन्छ । यस्ता खानेकुरालाई आकर्षक र स्वादिलो बनाउन रंग र तथा अप्राकृतिक स्वाद तथा लामो समय नबिग्रियोस भनेर केमिकलको प्रयोग हुन्छ ।
मिठाइ, पेय पदार्थ, पाउरोटी, केक, कर्नफ्लेक्स, चिप्स तथा चाउचाउहरु लगायत प्याकेट बन्द गरिएका तयारी खाना अति प्रशोधित खाना हुन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप