काठमाडौं– स्याङ्जामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
आज अर्जुनचौपारी गाउँपालिका–६ भेडाबारीका ५२ वर्षका हर्कबहादुर थापालाई झाँक्रीस्थान भन्ने ठाउँमा लत्रिएको तारले छुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ ।
करेन्ट लागेपछि उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक (डीएसपी) इन्द्रबहादुर रानाले जानकारी दिए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप