काठमाडौं– भारतको राजस्थानमा मानिसको एक समूहमाथि टिप्पर कुदाउँदा पाँच जनाको ज्यान गएको छ ।
राजस्थानको झालावर जिल्लाको भवानी मण्डीको पगरिया प्रहरी चौकी परिसरमा जथाभावी टिप्पर चलाउँदा पाँच जनाको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ ।
अस्ति शुक्रबार राति एउटै गाउँका दुई पक्षबीच झगडा भएको थियो । झगडापछि प्रहरी चौकीमा उजुरीको लागि जाँदै गरेका व्यक्तिमाथि अर्को समूहका व्यक्तिले टिप्पर चलाएको प्रहरीले जनाएको छ ।
गाउँमा हिँसा फैलने जोखिमलाई ध्यान दिएर ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको खबरमा उल्लेख छ । मानिसमाथि टिप्पर गुडाउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । अर्का एकजनाको खोजी भइरहेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप