सुनकोशीमा बेपत्ता बालबालिका खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

  • २०८० चैत्र १२, सोमबार (८ महिना अघि)
  • २३७ पटक पढिएको
सुनकोशीमा बेपत्ता बालबालिका खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

काठमाडौं– आइतबार होली खेल्ने क्रममा सुनकोशी नदीमा बेपत्ता भएका बालबालिका खोज्न सशस्त्र प्रहरी बलको गोताखोर परिचालन गरिएको छ ।

Advertisement

आइतबार होली खेल्दै उदयपुर त्रियुगा नगरपालिका–१४ ढाप्लाङ स्थित सुनकोशी नदिमा पौडी खेल्न पुगेका ३ जना बालबालिका बेपत्ता भएका थिए ।

सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार साझ अवेरसम्म सशस्त्र प्रहरी बल नं. ५ त्रियुगा गण उदयपुरबाट खोजतलास गरे पनि उनीहरुलाई फेला पार्न नसके पछि आज बिहान कोशी प्रदेश स्थित नं. १ बराह बाहिनी मुख्यालय सुनसरीबाट गोताखोर परिचालन गरिएको हो ।

सशस्त्र प्रहरी निरीक्षक उमेश काफ्लेको कमान्डमा ९ जना गोताखोर सहितको फौज परिचालन गरि खोजी कार्य सुरु गरिएको डिएसपी थापाले जानकारी दिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट