सेयर बजारमा १७ अंकको गिरावट

  • २०८० चैत्र १२, सोमबार (८ महिना अघि)
  • २३८ पटक पढिएको
सेयर बजारमा १७ अंकको गिरावट

काठमाडौं– सेयर बजार आज पनि घटेको छ । आज सेयर बजार परिसूचक नेप्से १७ दशमलव शून्य १ अंकले घटेर दुई हजार ३१ दशमलव ५५ विन्दुमा झरेको छ ।

Advertisement

आज होटल तथा पर्यटन, उत्पादन, व्यापार र म्यूचुअल फण्डबाहेकका समूहको सेयर घट्दा लघुवित्त समूहको सेयर उच्च अंकले ओरालो लागेको छ । आज किसान लघुवित्त र बुद्धभूमि हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लाग्यो ।

समग्रमा बजार घटे पनि आज बोटलर्स नेपाल बालाजु र सर्बोतम सिमेन्टको सेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

आज ७० लाख ६१ हजार कित्ता सेयर दुई अर्ब ४८ करोड ९१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै गुर्खाज फाइनान्सको २८ करोड ९० लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट