काठमाडौं– रसुवाको केरुङ नाका हुँदै सुन तस्करी गरेर काठमाडौं ल्याएको आरोपमा २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा सुनसरीको इटहरी उपमहानगरपालिका–११ का २६ वर्षीय सुदीप विक र गोरखाको चुमनुब्री गाउँपालिका–६ घर भएका ३९ वर्षीय सोनाम दोर्जे लामा छन् ।
उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार साँझ काठमाडौं महानगरपालिका–१८ नरदेवीबाट पक्राउ गरेको हो ।
भन्सार छलेर रसुवाको केरुङ नाका हुँदै ल्याएको १२८.७ ग्राम सुन उनीहरुबाट बरामद भएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता नकुल पोखरेलले जानकारी दिए ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप