काठमाडौं– पूर्वडीआईजी रमेश खरेलले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका छन् ।
सभापति लामिछानेविरुद्ध अभिव्यक्ति दिएपछि अनुशासन आयोगले उनीसँग लिखित जवाफ मागेको थियो । खरेलले स्पष्टीकरण नदिई पार्टीबाट राजीनामा दिएको पत्र पठाएका हुन् ।
खरेल गत वैशाख १० मा भएको उपचुनावमा रास्वपामा आवद्ध भएका थिए । रास्वपाबाट बारा–२ मा उपचुनाव लडेका उनी जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादवसँग पराजित भएका थिए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप