काठमाडौं– सभापति रवि लामिछानेसहित इलाम पुगेर रास्वपाले मिलन लिम्बूलाई उपनिर्वाचनको उम्मेदवार घोषणा गरेको छ । शनिबार इलाममा कार्यक्रम गरी रास्वपाले लिम्बूलाई आगामी उपनिर्वाचनको उम्मेदवार घोषणा गरेको हो ।
उम्मेदवार घोषणापछि सभापति रवि लामिछानेले लिम्बूलाई घन्टी हस्तान्तरण गरी शुभकामना दिएका थिए ।
इलाम २ मा वैशाख १५ गते प्रतिनिधि सभाको उपनिर्वाचन हुँदैछ । त्यहाँ एमालेले सुहाङ नेम्बाङलाई उम्मेदवार बनाएको छ ।
लिम्बू यसअघि पत्रकार थिए । उनी नेकपा (माओवादी केन्द्र) निकट थिए । तर माओवादीसँगको आबद्धता त्याग्दै लिम्बूले इलाम २ मा स्वतन्त्र उम्मेदवारी घोषणा गरेपछि रास्वपाले संवाद अघि बढाएको थियो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप