काठमाडौं– प्रहरीले सर्लाहीबाट हुन्डीको रकम सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मलंगवा नगरपालिका–९ घर भएका २४ वर्षीय कमर राजा र मलंगवा–३ बस्ने मोबाइल पसल सञ्चालक आरिफ अन्सारी छन् ।
उनीहरूको साथबाट २७ लाख ७५ हजार ९६० रुपैयाँ नगद बरामद गरिएको सर्लाहीका एसपी दयानिधि ज्ञवालीले बताए । प्रहरीले उनीहरूको साथबाट लक्ष्मी सनराइज बैंकमा ९ लाख ९० हजार रुपैयाँ दरमा जम्मा गरेको दुई वटा डिपोजिट भौचर पनि बरामद गरेको छ ।
कमर राजालाई पक्राउ गरेर सोधपुछ गर्दा उनले फोन सिटी मोबाइल पसल सञ्चालकले रकम दिएको बताएका थिए । उनको बयानका आधारमा मोबाइल पसल सञ्चालक आरिफ अन्सारी पक्राउ परेका हुन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप