महिलालाई आयआर्जनसँग जोड्न धादिङमा एड्भान्स सिलाई बुनाई तालिम

  • २०८० चैत्र २०, मंगलबार (७ महिना अघि)
  • ७६१ पटक पढिएको
महिलालाई आयआर्जनसँग जोड्न धादिङमा एड्भान्स सिलाई बुनाई तालिम

काठमाडौं महिला दिदिबहिनीहरुलाई आयआर्जनसँग जोड्न एड्भान्स सिलाई बुनाई तालिम दिइएको धादिङको बेनीघाट रोराङ गाउँपालिका का दिदिबहिनीहरुलाई सीप सिकी स्वरोजगार तथा आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको हो

Advertisement

डेढ महिनासम्म चलेको सिलाई बुनाइ तालिमको मंगलबार एक कार्यक्रमका विच समापन गरिएको  तालिमले अब केही गर्न सकिन्छ भन्ने विश्वास दिएको एड्भान्स सिलाई बुनाई तालिम लिएका दिदिबहिनीहरुले बताएका छन् घर गाउँमा खेती किसानी गरेर भन्दा सिलाई बुनाईको कामले बढी आम्दानी लिन सकिने उनीहरुको भनाई यो दुई चरणमा लिएको तालिमले व्यवसायिक क्षेत्रमा लाग्ने प्रेरणा मिलेको संचिता विकले बताइन्

स्थानीय श्रोत साधनको सदुपयोग गरौं, सीप सिकौं आम्दानीमा वृद्धी गरौं भन्ने मूल मर्मका साथ बेनीघाट रोराङ गाउँपालिकाको आर्थिक सहयोगमा तालिमको सञ्चालन गरिएको हो तालिमबाट १६ जना दिदिबहिनीहरु लाभान्वित बनेका छन् गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्र्तगत पहिले सिलाई बुनाइ तालिम लिएका दिदिबहिनीरुलाई दोस्रो चरणको तालिम दिइएको बेनीघाट रोराङ गाउँपालिका का वडा अध्यक्ष हेमराज भुजेलले बताए

महिला दिदिबहिनीहरुलाई आय आर्जनसँग जोड्न यस तालिमले सहयोग पुग्ने अपेक्षा लिइएको उनले बताए तालिममा सहभागीलाई सिलाउने मेसिन, आइरन तालिम समयअवधि भर आवश्यक कपडा पनि उपलब्ध गरिएको थियो

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    खोजी गर्नुहोस

    ताजा अपडेट