चीन परम्परागत १४ नाका खोल्न सहमत भएको छः परराष्ट्रमन्त्री

  • २०८० चैत्र २१, बुधबार (७ महिना अघि)
  • २१९ पटक पढिएको
चीन परम्परागत १४ नाका खोल्न सहमत भएको छः परराष्ट्रमन्त्री

काठमाडौं– उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो ९ दिने चीन भ्रमणको बारेमा आजको प्रतिनिधिसभाको बैठकमा जानकारी दिँदै दुई देशको सम्बन्धलाई अझ राम्रो बनाउन योगदान पुगेको विश्वास व्यक्त गरेका छन् ।

Advertisement

उनले नेपाल चीन सिमानामा रहेका १४ वटा परम्परागत सिमा नाका खोल्न चीन सहमत रहेको बताए ।

यस्तै लासा र काठमाडौंबीच बस यातायात संचालन गर्ने, चीन जाने नेपाली पर्यटकलाई भिसा शुल्क निः शुल्क गर्ने, नेपाल र चीनबीचको सम्बन्धका बारेमा नियमित छलफल गर्न परराष्ट्रमन्त्री स्तरीय आयोग गठन गर्ने, बीआरआईलाई अन्तिम रुप दिने विषयमा समेत छलफल भएको उनले जानकारी दिए ।

आफ्नो भ्रमणको क्रममा चीनले नेपाललाई थप गुणात्मक सहयोग गर्ने सहमति भएको परराष्ट्रमन्त्रीले संसदमा जानकारी दिए ।

साथै चीनसँग सीमा जोडिएको केहि गाउँमा विद्युत उपलब्ध गराउने र नेपालमा उत्पादन हुने तरकारी र फलफुल निर्यात गर्ने विषयमा छलफल भएको उनले बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट