वैदेशिक रोजगारमा पठाइदिने भन्दै ६ करोड बढी ठगी गर्ने तीन जना पक्राउ

  • २०८० चैत्र २१, बुधबार (७ महिना अघि)
  • २२७ पटक पढिएको
वैदेशिक रोजगारमा पठाइदिने भन्दै ६ करोड बढी ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै छ करोड १९ लाख ३२ हजार रुपैयाँ ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेमा झापा कमल गाउँपालिका–७ घर भई काठमाडौं कागेश्वरी बस्ने ३७ वर्षीय केदार चौधरी, बाँके कोहलपुर नगरपालिका–१० घर भई काठमाडौंको टोखा बस्ने ३२ वर्षीय जीवराज केसी र म्याग्दी गाउँपालिका–१ घर भई कास्की पोखरा महानगरपालिका–६ लेकसाइड बस्ने ३८ वर्षीय नन्ददेवी पुन रहेका छन् ।

उनीहरूले बेलायत, फ्रान्सलगायतका देशमा पठाइदिने भन्दै पिडितसँग रकम लिएर फरार रहेको उजुरीको आधारमा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेलले बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट