काठमाडौं– नुवाकोटको विदुर नगरपालिका–६ त्रिशूली नदीको पक्की पुलको लठ्ठा चुँडिएपछि आवतजावत पूर्णरुपमा बन्द गरिएको छ ।
झण्डै ४० वर्षअघि निर्माण भएको पुलका मुख्य चारमध्ये एउटा लठ्ठा चुँडिएकाले पुलबाट आवतजावत बन्द गरेको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार गएको पुस महिनाको पहिलो साता पुलको लठ्ठामा समस्या देखिएपछि दुईपाङ्ग्रे गाडीलाई मात्र पुलबाट आउजाउको अनुमति दिइएको थियो ।
विदुर नगरपालिका–४ बजारबाट सिधै विदुर–६ मान्द्रेढुङ्गा हुँदै तारकेश्वर गाउँपालिका र धादिङबेँसी पुग्ने छोटो बाटोको यो पुल बन्द भएपछि सिमचउर र देवीघाटस्थित धुनिबेँसीको पुल प्रयोग गर्न नगरपालिकाले अनुरोध गरेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप