काठमाडौं– लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथनअन्तर्गत पुरुषतर्फको उपाधि बाग्लुङका तीर्थ पुनले जितेका छन् ।
पुनले निर्धारित ४२ किलोमिटर एक सय ९५ मिटरको दुरी २ घण्टा २० मिनेट ४९ सेकेन्डमा पार गरे । उनले उपाधिसँगै पाँच लाख रुपैयाँ प्राप्त गरेका छन् ।
यस्तै दोस्रो भएका नेपाली सेनाका खड्कबहादुर खड्काले तीन लाख रुपैयाँ पाए । कर्णालीका दुर्गाबहादुर बुढाले तेस्रो भएर दुई लाख रुपैयाँ प्राप्त गरे । यस्तै महिलातर्फको हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जितेकी छन् ।
२१ किलोमिटर एक सय मिटरको दुरी एक घण्टा १८ मिनेट ४५ सेकेन्डमा पुरा गरेकी श्रेष्ठले दुई लाख रुपैयाँ प्राप्त गरीन । यस्तै दोस्रो भएकी नेपाली सेनाकी पूर्ण राज्यलक्ष्मी न्यौपानेले एक लाख ६० हजार रुपैयाँ र तेस्रो भएकी एपीएफकी पुष्पा भण्डारीले एक लाख २० हजार रुपैयाँ प्राप्त गरिन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप