कुटपिटबाट बुबाको हत्या गरेका छोरा पक्राउ

  • २०८० चैत्र २७, मंगलबार (१ साल अघि)
  • ३४१ पटक पढिएको
कुटपिटबाट बुबाको हत्या गरेका छोरा पक्राउ

काठमाडौं– संखुवासभामा छोराले कुटपिट गर्दा बुबाको मृत्यु भएको छ । संखुवासभाको पाँचखपन नगरपालिका– २ गैरीगाँउमा छोराको कुटपिटबाट बुबाको मृत्यु भएको हो ।

Advertisement

सोमबार साँझ साढे ६ बजे सोही स्थान बस्ने ५० बर्षीय युवराज राई र निजकै छोरा २८ बर्षीय सुमन राई बिच सामान्य घरायसी विवादमा सुमन राईले शरिरको बिभिन्न भागमा कुटपिट तथा ढुङ्गाले टाउकोमा प्रहार गर्दा युवराज राई गम्भिर घाईते भएका थिए ।

घाईते भएका उनको जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

कुटपिटमा संलग्न राईलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट