भारतको नैनीतालमा भएको सवारी दुर्घटनामा ७ नेपाली मजदुरको मृत्यु

  • २०८० चैत्र २७, मंगलबार (१ साल अघि)
  • ३६१ पटक पढिएको
भारतको नैनीतालमा भएको सवारी दुर्घटनामा ७ नेपाली मजदुरको मृत्यु

काठमाडौं– भारतको नैनिताल नजिकैको बेतालघाट क्षेत्रमा एक पिक अप दुर्घटना हुँदा सात नेपाली मजदुरको मृत्यु भएको छ ।

Advertisement

भारतीय मिडियाहरुले मल्ल गाउँस्थित उन्चकोट मोटर सडकमा पिकअप दुई सय मिटर गहिरो खाल्डोमा खसेको बताएका छन् ।

वान इण्डियाका अनुसार दुर्घटनामा ७ नेपालीसहित ८ जनाको मृत्यु भएको छ ।

उक्त क्षेत्रमा खानेपानीको लाइन बिछ्याउने काम सकेर सबैजना फर्कंदै गर्दा उक्त दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाएका नेपाली मजदुरको नाम र घर भने खुल्न नसकेको प्रहरीले बताएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट