नेपालको वायु प्रदूषण विश्वमै खराब अवस्थामा

  • २०८० चैत्र २८, बुधबार (७ महिना अघि)
  • २१४ पटक पढिएको
नेपालको वायु प्रदूषण विश्वमै खराब अवस्थामा

काठमाडौं– काठमाडौंको वायु प्रदूषणको स्तर अत्यन्तै अस्वस्थकर अवस्थामा पुगेको छ ।

Advertisement

विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरकाअनुसार आज बिहान पौने ९ बजेसम्म नेपालको राजधानी काठमाडौं वायू प्रदूषणको हिसाबले विश्वमै पहिलो स्थानमा छ । आईक्यू एयरकाअनुसार काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्युआई) २ सय ४७ छ ।

त्यस्तै पाकिस्तानको लाहोरको २ सय ७ र भारतको नयाँदिल्लीको २ सय ३ एक्युआई छ । एक्युआई २ सय भन्दा माथि पुग्नुलाई अत्यन्तै अस्वस्थकर मानिन्छ । आईक्यू एयरका अनुसार १५० सम्मको एक्युआईलाई सन्तोषजनक, १५० देखि २ सयसम्मलाई अस्वस्थ र ३०१ देखि ५ सयसम्मलाई आपत्कालीन अवस्था मानिन्छ ।

सुख्खायाम सुरु भएसँगै जङ्गल लागेको डढेलो, पर्याप्त वर्षा नहुनु, काठमाडौंको धुलाम्मे सडक, फोहोर जलाउने लगायतका कारण नेपालमा प्रदूषण बढेको छ । वायु प्रदूषणले विभिन्न रोगको जोखिम बढाएसँगै अस्पतालहरुमा बिरामीको सङ्ख्या पनि बढेको डाक्टरहरुले बताएका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट