अनुमति नलिई सञ्चालनमा रहेका विदेशी शिक्षण संस्थामा विद्यार्थी भर्ना नगर्न मन्त्रालयको आग्रह

  • २०८० चैत्र २८, बुधबार (७ महिना अघि)
  • २८३ पटक पढिएको
अनुमति नलिई सञ्चालनमा रहेका विदेशी शिक्षण संस्थामा विद्यार्थी भर्ना नगर्न मन्त्रालयको आग्रह

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति नलिई सञ्चालनमा रहेका विदेशी शिक्षण संस्थाको सम्बन्धनका कलेजमा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ ।

Advertisement

मन्त्रालयले सूचना निकालेर ‘ए लेभल’, ‘इन्टरनेशनल ब्याकालरेट्स’, ‘सीएसईबी’ र यही सरहका अरू कार्यक्रम सञ्चालन गर्न अनुमति लिएका ४९ संस्थाको सूची सार्वजनिक गर्दै ती बाहेकका संस्थामा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको हो ।

इन्टरनेशन एजुकेसन प्रोभाइडर्स अफ नेपाल (आइप्यान) ले भने नेपालमा ८९ संस्था सञ्चालनमा रहेका जनाएको छ । मन्त्रालयले अनुमति नलिई सञ्चालन हुने संस्थालाई कारबाही गर्ने चेतावनी दिएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट