काभ्रेमा ३ करोडमा बेचिएको बुद्धचित्तको रूख अज्ञात समूहले काट्यो

  • २०८० चैत्र ३०, शुक्रबार (७ महिना अघि)
  • १९८ पटक पढिएको
काभ्रेमा ३ करोडमा बेचिएको बुद्धचित्तको रूख अज्ञात समूहले काट्यो

काठमाडौं– काभ्रेको रोशी गाउँपालिका–५ मा बिहीबार राती अज्ञात समूहले काटेको बुद्धचित्तको रुख बार्षिक ३ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको खुलेको छ ।

Advertisement

रुख धनी शेरबहादुर तामाङले करिब ३ महिनाअघि समिर त्रिपाठीलाई उक्त रुख ३ करोड रुपैयाँमा ठेक्कामा लगाएका थिए ।

तामाङका अनुसार गत वर्ष उक्त रुख ९० लाख रुपैयाँ ठेक्कामा दिइएको भए पनि यस वर्ष भने वार्षिक ३ करोड रुपैयाँ पाउने गरि ठेक्का लगाएका थिए ।

तर उक्त रुखलाइ मध्यरातमा अज्ञात समूहले काटिदिएर घरको मूल ढोकामा विस्फोटक पदार्थ राखेर आरोपीहरू फरार भएका छन् ।
अहिले प्रहरीले यस बिषयमा अनुसन्धान सुरु गरिरहेको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट