कामाडौं– सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ताघटक नेकपा (एकीकृत समाजवादी) को कदमप्रति असन्तुष्टि जनाएका छन् ।
सुदूरपश्चिम प्रदेशमा आइतबार नेपाली कांग्रेससहित एकीकृत समाजवादीले समर्थन गर्दै नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
त्यसतर्फ लक्षित गर्दै एमाले अध्यक्ष ओलीले सोमबार एकीकृत समाजवादीको दक्षिणपन्थी चरित्र नाङ्गो ढंगले प्रकट भएको टिप्पणी गरेका छन् ।
संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा सोमबार बसेको संसदीय दल बैठकमा बोल्दै ओलीले एकीकृत समाजवादीले वर्तमान सत्ता समीकरणलाई कमजोर बनाउने गरी प्रस्तुत भएको टिप्पणी गरेका छन् ।
अध्यक्ष ओलीले विपक्षीहरूमा आशा आउने गरी, जनतामा आशंका, अन्यौलता, निराशा केही मात्रामा भए पनि पैदा हुने गरी एकीकृत समाजवादीले कदम चालेको आरोप लगाए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप