वैवाहिक बलात्कारमा दोषी ठहरिएका पूर्वन्यायाधीश गिरी जेल चलान

  • २०८१ बैशाख ३, सोमबार (७ महिना अघि)
  • १६२ पटक पढिएको
वैवाहिक बलात्कारमा दोषी ठहरिएका पूर्वन्यायाधीश गिरी जेल चलान

काठमाडौं– वैवाहिक बलात्कारको आरोपमा दोषी ठहरिएका पूर्वन्यायाधीश भुवन गिरी जेल चलान भएका छन् ।

Advertisement

सर्वोच्च अदालतका न्यायाधीशहरू हरि फुँयाल र तीलप्रसाद श्रेष्ठको इजलासले गत चैत २१ गते काठमाडौं जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गरी गिरीलाई थुनामा पठाउन आदेश दिएको थियो ।

काठमाडौं जिल्ला अदालत र पाटन उच्च अदालतले गिरीलाई धरौटीमा छाड्न आदेश दिएका थिए । तर गिरी पक्राउ नपरेपछि उनकी पत्नी आरती रावलले कानुनी लडाई लडिरहेकी थिइन् ।

अदालतमा आत्मसमर्पण गरेका गिरिलाई थुनामा पठाइएको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट