सेयर बजार झण्डै १५ अङ्कले घटेर २ हजार विन्दुमुनि

  • २०८१ बैशाख ४, मंगलबार (७ महिना अघि)
  • १६७ पटक पढिएको
सेयर बजार झण्डै १५ अङ्कले घटेर २ हजार विन्दुमुनि

काठमाडौं – आज पनि सेयर बजार दोहोरो अङ्कले घटेको छ ।

Advertisement

लगातार घटिरहेको सेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ८१ अङ्कले घटेर एक हजार नौ सय ९१ दशमलव ७१ विन्दुमा झरेको छ । आज सबै समूहको सेयर ओरालो लागेको छ ।

सबैभन्दा धेरै रुरु जलविद्युत परियोजनाको सेयर १० प्रतिशतले ओरालो लागेको छ । समग्रमा बजार राताम्मे भएको दिन आज एसबीएल डिबेञ्चर २०८९ र गुर्खाज फाइनान्सको सेयर १० प्रतिशतले बढेको छ ।

आज ५४ लाख ७१ हजार कित्ता सेयर दुई अर्ब १० करोड ३० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै गुर्खाज फाइनान्सको १७ करोड ५९ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट