सुदूरपश्चिममा दिर्घ सोडारीलाई नै मुख्यमन्त्री बनाउने एकीकृत समाजवादीको निर्णय

  • २०८१ बैशाख ५, बुधबार (७ महिना अघि)
  • १७० पटक पढिएको
सुदूरपश्चिममा दिर्घ सोडारीलाई नै मुख्यमन्त्री बनाउने एकीकृत समाजवादीको निर्णय

काठमाडौं– नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दिर्घ सोडारीलाई मुख्यमन्त्री बनाउने निर्णय गरको छ ।

Advertisement

बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले सुदूरपश्चिम संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीमा अगाडी सार्ने निर्णय गरेको हो ।

यस अघि मंगलबार एकीकृत समाजवादीले सोडारीलाई मुख्यमन्त्रीमा अगाडी सार्ने निर्णय गरेपनि उनी विवादित व्यक्त भएको भन्दै सत्ता समीकरणको प्रमुख दल नेकपा एमालेले विकल्प दिन आग्रह गरेको थियो ।

सोडारीमाथि सम्पत्ति शुद्धिकरणको मुद्धा रहेको र विगतमा मन्त्री हुदा समेत विवादमा रहेको एमालेको आरोप रहेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट