सुप्रिम सहकारी ठगी प्रकरण: दीपेश पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश

  • २०८१ बैशाख ७, शुक्रबार (७ महिना अघि)
  • १९४ पटक पढिएको
सुप्रिम सहकारी ठगी प्रकरण: दीपेश पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं– रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । पुन पूर्वउपराष्ट्रपति नन्द बहादुर पुनका छोरा हुन् ।

Advertisement

शुक्रबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश डा दीपक उप्रेतीको इजलासले उनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । अदालतमा तीन दिन भएको बयान र थुनछेक बहसपछि यस्तो आदेश भएको हो ।

यसैगरी यही प्रकरणमा ओम प्रकाश गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । अदालतले न्यायाधीश डा दीपक उप्रेतीको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट